माघ ७, २०८२
काठमाडौँ
— कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष रामशरण पुडासैनीले गर्नु भएको थियो।कार्यक्रममा बैंकका उच्च अधिकारीहरू, कर्मचारी तथा विभिन्न सरोकारवालाहरू उपस्थित थिए। अध्यक्ष पुडासैनीले बैंकको विगतको उपलब्धि, वित्तीय वृद्धि र आगामी योजनाहरूको बारेमा प्रकाश पार्दै, कृषि क्षेत्रको विकासमा बैंकको योगदान उल्लेखनीय रहेको बताए।उहाँले भन्नुभयो, “कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। बैंकले कृषकहरूलाई सहज कर्जा सुविधा, आधुनिक कृषि प्रविधि र वित्तीय सेवा उपलब्ध गराउँदै देशको ग्रामीण अर्थतन्त्र सुदृढ पार्न निरन्तर काम गर्दै आएको छ। आगामी वर्षहरूमा हामी अझ धेरै नविन योजना र सेवा विस्तार गर्ने लक्ष्यमा छौं।”कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक, प्रमुख कर्मचारीहरू र अन्य अतिथिहरूले पनि आफ्नो मन्तव्य राखेर बैंकको प्रगति र भविष्यका योजनाबारे चर्चा गरे। कार्यक्रममा बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ र ग्राहक सुविधा सुधारका योजनाहरूको पनि प्रस्तुति गरिएको थियो।५९ औँ वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान समारोह र कर्मचारी पुरस्कृत कार्यक्रमहरू पनि आयोजना गरेको थियो। यसले बैंकका कर्मचारी र सरोकारवालाबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।
कार्यक्रमको तस्बिर रत्न श्रेष्ठ / रासस द्वारा कैद गरिएको छ।