पुस २४, २०८२
![]()
काठमाडौँ – नेपाली कांग्रेसमा भित्री संघर्ष र विभाजनको आँकडा नजिकिँदै छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गर्ने औपचारिक घोषणा गरेपछि पार्टीको नेतृत्वमा संकटको स्थिति सिर्जना भएको छ।गगन–विश्वप्रकाश समूहको कदमले देउवा नेतृत्व र केन्द्रीय कार्यसमितिलाई सिधा चुनौती दिएको छ। उनका अनुसार पार्टीको मौजूदा संरचना युवापुङ्खको आवाज, अन्तरिक लोकतन्त्र र परिवर्तनको मागसँग मेल खाँदैन। उनले स्पष्ट पारेका छन् कि पार्टीले सहज र पारदर्शी नेतृत्व परिवर्तन नगरेको खण्डमा भविष्यमा पार्टी फुट्न सक्छ।यसैबीच, देउवा समूहले संयम र समयतालिका मिलाएर विवाद टार्ने रणनीति अपनाइरहेको छ। चुनाव नजिकिँदै गर्दा पार्टीको एकता कायम राख्ने र महाधिवेशन ढिला गर्ने रणनीति अगाडि सारिएको छ। तर, गगन–विश्वप्रकाश समूहको चुनौतीपूर्ण र आक्रामक कदमले पार्टीलाई विभाजनको किनारमा पु¥याएको विश्लेषकहरूको मत छ।
विशेषज्ञहरूका अनुसार, यदि पार्टी भित्रको नेतृत्व र प्रक्रियागत मतभेद समाधान भएन भने, नेपाली कांग्रेस आगामी चुनावमा भारी प्रभाव र कमजोर स्थिति मा पर्न सक्छ।