मंसिर १४, २०८२
देशका विभिन्न स्थानहरूमा करको नाममा दैनिक लाखौँ रुपैयाँ बराबरको अवैध असुली हुने गरेको खुलासा भएको छ। स्थानीय व्यवसायी तथा यातायात व्यवसायीहरूले अनधिकृत समूहहरूले “सडक कर”, “सेवा शुल्क” वा “सुरक्षा शुल्क” जस्ता नाम दिएर जबर्जस्ती रकम उठाउने गरेको गुनासो गरेको छन्।अवैध असुलीबारे मिडियामा आवाज उठाइएका पत्रकारमध्ये एकजना रिपोर्ट प्रकाशित भएको केही दिनमै अज्ञात समूहद्वारा कुटपिटको शिकार भएका छन्। पत्रकारले आफूलाई लेखेको समाचारका कारण लक्षित गरिएको दाबी गरेका छन्। घटनापछि प्रेस संघहरूले आक्रोश व्यक्त गर्दै धम्की र आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।सुरक्षा निकायले भने घटनाबारे अनुसन्धान अघि बढाइएको र असुलीमा संलग्न समूहहरू पहिचान गर्न खोजी तीव्र बनाइएको जनाएको छ।
स्थानीयहरूले यस्तो अवैध कर असुलीले व्यवसाय, यातायात र सर्वसाधारणको दैनिकीमा ठूलो असर परिरहेको बताएका छन्।
(स्रोत: HPT खबर)