कतार र साउदी अरबका विदेश मन्त्रीबीच टेलिफोन संवाद, क्षेत्रीय स्थायित्वबारे छलफल

माघ २, २०८२

@एन.मानन्धर दोहा/रियाद –

कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउद बीच बिहीबार टेलिफोन संवाद भएको छ।साउदी विदेश मन्त्रालयका अनुसार उक्त संवादमा मध्यपूर्व क्षेत्रको पछिल्लो विकासक्रम तथा क्षेत्रीय सुरक्षा र स्थायित्व कायम गर्ने प्रयासहरूबारे छलफल गरिएको थियो। दुवै पक्षले क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि निरन्तर समन्वय र संवाद आवश्यक रहेकोमा जोड दिएका छन्।यसै दिन साउदी विदेश मन्त्री राजकुमार फैसल बिन फरहानले इरानका विदेश मन्त्री अब्बास अराघची सँग पनि टेलिफोन वार्ता गरेका थिए। उक्त वार्तामा पनि क्षेत्रीय अवस्था, सुरक्षा र स्थायित्वसँग सम्बन्धित विषयहरूमा समान प्रकृतिको छलफल भएको साउदी पक्षले जनाएको छ।

यी कूटनीतिक संवादहरूलाई मध्यपूर्वमा बढ्दो तनावका बीच क्षेत्रीय स्थिरता कायम राख्ने प्रयासको रूपमा हेरिएको छ।

सम्पर्कमा रहनुहोस्