मंसिर २१, २०८२
काठमाडौं —
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान आयोगमा उपस्थित भएर बयान नदिन आफू अडिग रहेको संकेत दिएका छन्। आयोगले पठाएको समन्सलाई उनले बारम्बार अस्वीकार गर्दै आएका छन्।आयोगका प्रवक्ता राजीव शर्मा भने ओलीको अडानले अनावश्यक विवाद बढाएको बताउँछन्। उनका अनुसार बयान दिनु कुनै दण्डात्मक प्रक्रिया नभई व्यक्तिको पक्ष प्रष्ट पार्ने अवसर हो।
शर्माले भने,
“यदि आफू संलग्न छैन भन्ने हो भने बयान दिनु नै सबैभन्दा फाइदाजनक कदम हो। त्यसैले हामी सबैलाई उपस्थित भएर बयान दिन आग्रह गर्छौं।”तर बारम्बार बोलाएको व्यक्तिले उपस्थित हुन नमाने कस्तो कदम चालिन्छ भन्ने प्रश्नमा प्रवक्ता शर्माले स्पष्ट संकेत दिएका छन्। उनका अनुसार,
“कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढ्छ। बयान दिन नमानेका व्यक्तिमाथि बाध्यकारी कारबाहीको व्यवस्था छ।”यसलाई राजनीतिक वृत्तले संभावित ‘गिरफ्तारी संकेत’ को रूपमा व्याख्या गरेका छन्।ओलीले भने आयोगलाई “पक्षपाती” भन्दै उपस्थित हुन अस्वीकार गर्दै आएका छन्। उनले आयोगको कार्यशैलीमा विश्वास गर्न नसकिने दाबी गर्दै अनुसन्धानलाई राजनीतिक उद्देश्यसँग जोडेर व्याख्या गरेका छन्।आयोग र एमालेबीचको यो बढ्दो तनाबले आगामी राजनीतिक समीकरणमा थप जटिलता सिर्जना गर्ने विश्लेषकहरूको टिप्पणी छ।
![]()