एमाले महाधिवेशनमा केपी ओली हार्ने भएपछि गुन्डागर्दी र सड्यन्त्र सुरु

पुस १, २०८२

नेकपा (एमाले) को महाधिवेशन पार्टीभित्र गम्भीर असन्तोष र आरोप–प्रत्यारोप सुरु भएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली पराजित हुनेभएपछि पार्टीको आन्तरिक अनुशासन कमजोर बनेको र केही समूहले गुन्डागर्दी, दबाबको राजनीति तथा सड्यन्त्रात्मक गतिविधि थालेको आरोप उठाइएको छ।आलोचक नेताहरूका अनुसार नेतृत्व परिवर्तनसँगै पार्टीभित्र सहमति र संवादको संस्कार कमजोर भएको छ। महाधिवेशनको परिणामलाई स्वीकार गर्नुको सट्टा शक्ति प्रदर्शन, धम्की र अपमानजनक भाषाको प्रयोग बढ्दै गएको उनीहरूको दाबी छ। यसले पार्टीको छवि र संगठनात्मक एकतामा गम्भीर असर पार्न सक्ने चेतावनीसमेत दिइएको छ।यद्यपि नयाँ नेतृत्व पक्षले भने यी आरोपहरू अस्वीकार गर्दै सबै गतिविधि विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार नै भइरहेको दाबी गरेको छ। उनीहरूले पराजय स्वीकार गर्न नसक्ने पक्षले अनावश्यक आरोप लगाएर वातावरण बिगार्न खोजेको प्रतिक्रिया दिएका छन्।महाधिवेशनपछि उत्पन्न यस विवादले एमालेभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ भने आगामी दिनमा पार्टीको दिशा र एकतामाथि यसको प्रभाव कस्तो पर्ला भन्ने चासो बढेको छ।

सम्पर्कमा रहनुहोस्