एप्पलले यो हप्ता नयाँ उत्पादहरू सार्वजनिक गर्न सक्ने संकेत

अशोज २७, २०८२

क्यालिफोर्निया (एजेन्सी) — प्राविधिक क्षेत्रको अग्रणी कम्पनी एप्पल (Apple) ले यो हप्ता नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारी गरेको छ। प्राप्त रिपोर्टहरूका अनुसार कम्पनीले iPad Pro, Vision Pro हेडसेट र MacBook Pro का नयाँ संस्करणहरू ल्याउने अपेक्षा गरिएको छ।

ब्लूमबर्गका मार्क गुर्मनका अनुसार, यी नयाँ उपकरणहरूमा एप्पलको नयाँ पुस्ताको M5 चिप प्रयोग गरिनेछ। यो पटक एप्पलले परम्परागत रूपमा जस्तो ठूलो कार्यक्रम नगरी अनलाइन प्रेस विज्ञप्ता (Online Press Release) मार्फत नयाँ उत्पादन घोषणा गर्ने सम्भावना छ।

यससँगै कम्पनीले आफ्ना AirPods Pro का लागि नयाँ H3 चिप विकास गरिरहेको र नयाँ पुस्ताको AirPods 5 पनि प्रारम्भिक चरणमा रहेको रिपोर्टहरू आएका छन्।

अर्कोतर्फ, ब्लूमबर्ग र रोयटर्सका रिपोर्ट अनुसार एप्पलले अहिलेका लागि Vision Pro हेडसेटको ठूला परिवर्तनहरू स्थगित गरी कृत्रिम बुद्धिमत्तायुक्त (AI-powered) स्मार्ट चश्मा विकासमा ध्यान केन्द्रित गरेको छ।यो हप्ता एप्पलले आफ्नो हार्डवेयर लाइनअपमा महत्त्वपूर्ण नयाँ उत्पादनहरू थप्ने सम्भावना देखिएको छ।

सम्पर्कमा रहनुहोस्