कार्तिक ३०, २०८२
असन्तुष्ट श्रमिकहरूको आवाज उठाउँदै निरन्तर समुदायसेवामा सक्रिय रहँदै आएका भिम मल्ल ठकुरी आज सम्पन्न जुम भेलाबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई का नयाँ अध्यक्ष रूपमा चयन भएका छन्।समुदायभित्र युवाहरूका प्रिय नेता तथा संकटमा परेका नेपाली श्रमिकहरूका दृढ सहारा मानिने मल्ललाई यो जिम्मेवारीसँगै व्यापक रूपमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।नवनिर्वाचित अध्यक्ष भिम मल्ल ठकुरी सहित सम्पूर्ण नयाँ कार्यसमितिलाई पनि शुभकामना तथा बधाई व्यक्त गरिएको छ।
युएईमा रहेका नेपाली समुदायले मल्लको नेतृत्वमा श्रमिक–हित, समुदाय सेवा र संस्थागत सुदृढीकरणमा अझ प्रभावकारी कार्य हुने अपेक्षा व्यक्त गरेका छन्।
@एन.बि.एम.छेत्री