फाल्गुन ३०, २०८२
रिपोर्टर: सुनिल सिंह
दुबई — United Arab Emiratesमा सामाजिक सञ्जालमार्फत एआई प्रविधिबाट बनाइएका भ्रामक भिडियोहरू फैलाएको आरोपमा केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा एक नेपाली नागरिकसहित एशिया र अफ्रिकी मुलका अन्य नागरिकहरू पनि रहेको बताइएको छ।प्रहरीका अनुसार Iran, United States र Israelबीच युद्ध भइरहेको जस्तो देखिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गरी भ्रम फैलाइएको थियो। ती भिडियोहरू विशेषगरी Facebook लगायतका प्लेटफर्ममा पोस्ट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ।यूएईका सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालमा गलत तथा भ्रामक सामग्री फैलाएर मानिसहरूलाई भ्रमित पार्ने गतिविधि नियन्त्रण गर्न कडा कदम चालिएको बताएका छन्। अधिकारीहरूले डिजिटल प्लेटफर्म प्रयोग गर्दा सत्यतथ्य पुष्टि भएका सामग्री मात्र साझा गर्न सबैलाई आग्रह गरेका छन्।प्रहरीका अनुसार यस्ता गतिविधिले समाजमा अनावश्यक तनाव सिर्जना गर्नुका साथै गलत सूचना फैलाउने जोखिम बढाउने भएकाले सम्बन्धित निकायले निगरानी कडा बनाएको छ। विशेषगरी एआई प्रविधि प्रयोग गरेर तयार गरिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न साइबर सुरक्षा इकाइले सक्रिय रूपमा अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।अधिकारीहरूले यूएईमा बसोबास गर्ने सबैलाई सामाजिक सञ्जाल प्रयोग गर्दा देशको कानुन र साइबर सुरक्षा सम्बन्धी नियमहरू पालना गर्न चेतावनी दिएका छन्। गलत सूचना फैलाउने, झुटा सामग्री पोस्ट गर्ने वा समाजमा भ्रम सिर्जना गर्ने गतिविधिमा संलग्न पाइएमा कडा कानुनी कारबाही हुन सक्ने पनि जनाइएको छ।यस घटनापछि यूएईमा बसोबास गर्ने नेपाली समुदायलगायत विदेशी नागरिकहरूलाई सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।