ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध

चैत्र १७, २०८२

✍️ रिपोर्टर: सुनील सिंह

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालय परिसरभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ।मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको जनाएको छ।निर्णयअनुसार मन्त्रालयभित्र एकपटक प्रयोग हुने प्लास्टिकका बोतल, झोला तथा अन्य सामग्री प्रयोग गर्न निषेध गरिएको छ। यसको सट्टा वातावरणमैत्री विकल्प प्रयोग गर्न प्रोत्साहन गरिनेछ।मन्त्रालयका अनुसार यो कदम सरकारी निकायहरूमा हरित अभ्यास (green practice) प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको हो। आगामी दिनमा अन्य निकायहरूमा पनि यस्ता अभ्यास विस्तार गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।विश्लेषकहरूले यस निर्णयलाई सरकारी कार्यालयमा वातावरणमैत्री नीति कार्यान्वयनतर्फको सकारात्मक कदमका रूपमा लिएका छन्।

सम्पर्कमा रहनुहोस्