उम्मेदवार छनोटमा आर्थिक चलखेलको आरोप लगाउँदै रास्वपा बागमती उपसभापतिद्वारा पार्टी परित्याग

फाल्गुन ८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल, अपारदर्शिता र पक्षपात भएको गम्भीर आरोप लगाउँदै बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं ले पार्टी परित्याग गरेका छन्।हुमागाईंले सार्वजनिक रूपमा बताएका कारणहरू अनुसार, पार्टीमा वर्षौंसम्म योगदान दिएका समर्पित कार्यकर्तालाई बेवास्ता गर्दै, हालसालै पार्टी प्रवेश गरेका चटके र अवसरवादी व्यक्तिहरूलाई टिकट वितरण गरिएको छ। यसले पार्टीभित्र गहिरो असन्तोष र आन्तरिक संकट उत्पन्न भएको उनको भनाइ छ।उनले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेनको गम्भीर आशङ्का, पार्टी सञ्चालनमा आर्थिक अपारदर्शिता, तथा निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको वर्चस्व रहेको उल्लेख गर्दै, यस्ता प्रवृत्तिसँग आफू सहमत हुन नसक्ने स्पष्ट पारेका छन्।रास्वपा “नयाँ राजनीति” को नारा बोकेर अघि बढे पनि, व्यवहारमा पुरानै शैली, गुटबन्दी र पैसाको प्रभाव हाबी हुँदै गएको आरोप हुमागाईंको छ। उनले यस्तो अवस्थाले पार्टीको मूल उद्देश्य, सिद्धान्त र जनअपेक्षामाथि गम्भीर चोट पुगेको बताएका छन्।

बागमती प्रदेशका वरिष्ठ नेताको पार्टी परित्यागलाई रास्वपाभित्र आन्तरिक असन्तोष र संगठनात्मक कमजोरिको संकेत का रूपमा हेरिएको छ। यस विषयमा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

सम्पर्कमा रहनुहोस्