ईश्वर प्यानलतर्फ लागे

मंसिर २९, २०८२

काठमाडौं — पार्टीको पदाधिकारी चयनमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै धेरै नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन्। पदाधिकारी सूचीमा नाम नपरेपछि असन्तुष्ट बनेका ती प्रभावशाली नेता प्रदीप ज्ञवाली, निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ईश्वर पोखरेल नेतृत्वको प्यानलतर्फ खुलेर लागेका पार्टी स्रोतले जनाएको छ।नेतृत्व चयन प्रक्रिया एकपक्षीय भएको र योगदानको उचित मूल्याङ्कन नभएको भन्दै उनीहरूले असन्तोष व्यक्त गरेका छन्। पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोपसमेत उनीहरूको छ।ईश्वर पोखरेल प्यानलले भने असन्तुष्ट नेताहरूलाई स्वागत गर्दै पार्टीलाई विधिसम्मत, समावेशी र संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। पछिल्लो घटनाक्रमले पार्टीको आन्तरिक राजनीतिमा गहिरो ध्रुवीकरण देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।यस घटनाले आगामी महाधिवेशन र नेतृत्व समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्पर्कमा रहनुहोस्