माघ १०, २०८२
जकार्ता
इन्डोनेसियाको राजधानी जकार्ता र त्यस आसपासका क्षेत्रमा भारी वर्षापछि बाढी आएको छ। बान्तेन प्रान्तको टाङ्गेराङ क्षेत्रमा सडकहरू जलमग्न हुँदा सर्वसाधारणले बाढीको पानी हुँदै मोटरसाइकल चलाउन बाध्य भएका छन्।स्थानीय अधिकारीहरूका अनुसार निरन्तर वर्षाका कारण नदी र नालाहरू भरिएपछि आवासीय क्षेत्र तथा मुख्य सडकहरू प्रभावित भएका हुन्। बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ भने दैनिक जनजीवन कष्टकर बनेको छ।प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरेको छ। हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।
(फोटो: अगुङ कुनकाह्या बी./सिन्ह्वा)