मंसिर १२, २०८२
माराकेच (मोरोक्को), २७ नोभेम्बर २०२५ — मोरोक्कोको माराकेच शहरमा आयोजित इण्टरपोलको ९३औँ महासभामा फ्रान्सका प्रहरी नियन्त्रक लुकास फिलिप संस्थाका नयाँ प्रमुख (President of Interpol) निर्वाचित भएका छन्। इण्टरपोलले नोभेम्बर २७ का दिन आफ्नो आधिकारिक ‘X’ खातामार्फत निर्वाचन परिणाम सार्वजनिक गरेको हो।महासभामा मोरोक्कोको राष्ट्रिय सुरक्षा महानिर्देशन (DGSN) र राष्ट्रिय भूपर्यवेक्षण महानिर्देशन (DGST) का महानिर्देशक अब्देलातिफ हमुचीले विभिन्न सुरक्षा मुद्दा, अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सीमा–पार अपराध चुनौती तथा विश्वव्यापी सुरक्षा समन्वयबारे सम्बोधन गरेका थिए।विगत केही वर्षयता विश्वभर साइबर अपराध, मानव तस्करी, आतङ्कवाद तथा अवैध सञ्जालहरूको गतिविधि बढिरहेका बेला इण्टरपोलको नयाँ नेतृत्व महत्वपूर्ण मानिन्छ।
तस्बिरः अब्देल मजिद बाजिउआत / AFP