मंसिर १६, २०८२
डबलिन, डिसेम्बर २ (एएफपी) — युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो डबलिन भ्रमणको क्रममा आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनसँग भेटवार्ता गरी संयुक्त पत्रकार सम्मेलन गरेका छन्।दुवै नेताले युक्रेन–रुस द्वन्द्वका बीच कूटनीतिक प्रयास, सहयोग तथा क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा छलफल गरेका एएफपीले जनाएको छ। भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवैले युक्रेनको सार्वभौमिकता, स्थायित्व, तथा मानवीय सहयोगबारे प्रतिबद्धता व्यक्त गरेका थिए।आयरल्याण्डले युक्रेनलाई निरन्तर समर्थन गर्ने बताउँदै प्रधानमन्त्री मार्टिनले कूटनीतिक समाधानको आवश्यकता जोड दिए। राष्ट्रपति जेलेन्स्कीले आयरल्याण्डले प्रदान गर्दै आएको मानवीय तथा राजनीतिक समर्थनप्रति आभार व्यक्त गरे।यो बैठक डिसेम्बर २, २०२५ मा डबलिनमा सम्पन्न भएको हो।
(तस्बिर: पॉल फेथ / एएफपी)