पुस ९, २०८२
सामाजिक सेवा र राजनीति क्षेत्रमा सक्रिय चर्चित मोडेल तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम आजदेखि प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छिन्।
गौतम यसअघि जनादेश पार्टीको उपाध्यक्ष थिइन्। आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह ले पत्रकार भेटघाट र सार्वजनिक कार्यक्रममा उनलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए।
पार्टी प्रवेशपछि गौतमले भनिन्,
“म समाजसेवा निरन्तरता दिँदै राजनीतिमा पनि सशक्त आवाज उठाउन आजपामा प्रवेश गरेकी हुँ।”
विशेषज्ञ र पार्टी कार्यकर्ताहरूको विचारमा, गौतमको प्रवेशले आजपा भित्र महिला सशक्तिकरण र सामाजिक मुद्दाहरूमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। उनका सामाजिक गतिविधिहरू र जनसम्पर्कका अनुभवले पार्टीलाई सक्रिय र सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।