अबुधाबीमा १६औँ अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) महासभा सुरु

पुस २९, २०८२

@सुनिल सिंह महत

अबुधाबीमा आजदेखि “मानवताको सशक्तिकरण: साझा समृद्धिका लागि नवीकरणीय ऊर्जा” भन्ने नाराका साथ १६औँ अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) महासभा सुरु भएको छ। महासभा आगामी जनवरी १२ सम्म सञ्चालन हुनेछ।महासभामा क्षेत्रीय ऊर्जा रूपान्तरण, विद्युत् ग्रिड, ऊर्जा योजना, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (AI) जस्ता महत्वपूर्ण सक्षमकर्ताहरू, दिगो विमान इन्धनसहित वित्तीय स्रोत परिचालन, कृषि–खाद्य प्रणालीको सुदृढीकरण तथा हरित औद्योगिकीकरणमा नवीकरणीय ऊर्जाको भूमिकाबारे छलफल केन्द्रित छ।संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तथा IRENA का स्थायी प्रतिनिधि महामहिम तेज बहादुर क्षेत्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सक्रिय रूपमा सहभागी भइरहेको छ। प्रतिनिधिमण्डलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) नेपालका कार्यकारी निर्देशक श्री नव राज ढकाल, उप–नियोग प्रमुख सुश्री रञ्जिता दाहाल तथा प्रथम सचिव श्री भूपेन्द्र घिमिरे सहभागी हुनुहुन्छ।नवीकरणीय ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता प्रवर्द्धन गर्न अबुधाबीस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ।

सम्पर्कमा रहनुहोस्