कार्तिक १७, २०८२
माजार-ए-शरीफ, अफगानिस्तान, नोभेम्बर ३, २०२५ (एएफपी) — उत्तर अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राति कम्तीमा ९ जनाको मृत्यु भएको छ। भूकम्पले ठूलो क्षति पुर्याएको र घाइते भएका धेरैलाई अस्पतालमा उपचार दिइरहेको अधिकारीहरूले बताएका छन्। यो भूकम्प केही महिनाअघि आएको अर्को घातक भूकम्पपछि देश अझै रिकभरीको प्रक्रियामा रहेको बेला आएको हो।तस्वीरमा घाइते महिला अस्पतालमा उपचाररत देखिन्छिन्।
(फोटो: अतीफ अर्यान / एएफपी)