सिड्नीको Croydon Park मा गोलीकाण्ड, एक व्यक्तिलाई पक्राउ

अशोज १९, २०८२

सिड्नीको Croydon Park क्षेत्रमा आइतबार राति गोली प्रहार भएपछि ठूलो प्रहरी अभियान सुरु भएको छ। NSW Ambulance का अनुसार, गोली लागेर एक जनालाई Canterbury अस्पताल पुराइएको छ भने अर्को व्यक्तिलाई घटनास्थलमै उपचार गरिएको छ। साथै दुई जना साना चोटपटकसहित Campsie प्रहरी चौकीमा पुगेका छन्। यस घटनामा ४ जना घाइते भएको पुष्टि भएको छ। करीब राति ९:३० बजे Georges River Road स्थित एक भवनमा गरिएको कारबाहीबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी उनको हतियार बरामद गरेको छ। पक्राउको क्रममा प्रहरीले ती व्यक्तिलाई “हात माथि उठाऊ” र “तल बस” भन्ने आदेश दिइरहेको आवाज आसपासका स्थानीयले सुनेका थिए। स्रोत: NSW Police / NSW Ambulance

सम्पर्कमा रहनुहोस्