भुटानी राजपरिवारसँग नेपाली राजपरिवारको ऐतिहासिक सम्बन्ध
समय सूत्र @
अशोज १८, २०८२
काठमाडौं । भुटानी राजपरिवार र नेपाली राजपरिवारबीचको सम्बन्धलाई अझ नजिक बनाउने एउटा महत्वपूर्ण ऐतिहासिक प्रसंग स्मरणीय रहेको छ।सन् १९८० (वि.सं. २०३६ साल) मा भुटानकी महारानी छिरिङ यङ्दोनले आफ्ना सन्तानलाई नेपाललाई देवभूमि मानेर यतै जन्माउन चाहेको इच्छा प्रकट गरेकी थिइन्। महारानीले “म मेरो बच्चालाई विष्णुको अवतार स्वरूप राजाले शासन गरेको पवित्र भूमिमा जन्माउन चाहन्छु” भनेपछि तत्कालीन भुटानी राजा जिग्मे सिंगे वाङ्चुकले आफ्नी रानीलाई बेलायत लैजाने योजना परिवर्तन गरी नेपाल ल्याएका थिए।त्यसपछि २०३६ साल माघ २९ गते महारानी काठमाडौं आइपुगेकी थिइन्। केही दिनपछि, अर्थात् २०३६ साल फाल्गुन ९ गते, काठमाडौँस्थित प्रसूति गृहमा अहिलेका भुटानी राजा जिग्मे केशर नामग्याल वाङ्चुकको जन्म भएको थियो।उनको जन्म अघि महारानीले पशुपतिनाथ मन्दिर र स्वयंभुनाथमा विशेष महापूजा गरी पुत्ररत्न प्राप्तिको कामना गरेकी थिइन्।यो घटनाले नेपाल र भुटानबीचको धार्मिक, सांस्कृतिक तथा राजपरिवारस्तरीय सम्बन्धलाई अझ गहिरो बनाएको मानिन्छ।
संवाददाता एन बि महत समय सूत्र मिडिया