बीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको शव फेला, उद्धार कार्य जारी

जेष्ठ २९, २०८३

बनेपा 

काभ्रेको बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर ८ खार्पाचोकका लागि छुटेको एक यात्रुवाहक बस बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट नजिकै दुर्घटनाग्रस्त भएको छ।

नमोबुद्ध नगरपालिका वडा नम्बर २ सेल्फीडाँडा हुँदै रोशीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

स्थानीय प्रहरीका अनुसार दुर्घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। दुर्घटना निकै भयानक रहेको र घटनास्थलमा स्थानीय बासिन्दा तथा प्रहरी टोली पुगेर तीव्र रूपमा उद्धार कार्य अगाडि बढाइरहेका छन्।

गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकबाट खसेको बताइए पनि दुर्घटनाको स्पष्ट कारण र घाइतेहरूको पहिचान खुल्न बाँकी छ। घटनास्थलमा थप उद्धार टोली र एम्बुलेन्स पठाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। ताजा अपडेटका लागि समय सुत्र मिडिया हेर्दै गर्नुहोला।

सम्पर्कमा रहनुहोस्