“अब राप्रपाबाट पार लाग्दैन, हिन्दुराष्ट्र र राजा भजाएर मात्र भोट मागियो” : डा. धवलशम्शेर राणा

जेष्ठ २४, २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशम्शेर राणाले पार्टीको परम्परागत कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अब राप्रपाबाट देशको राजनीतिक निकास सम्भव नभएको दाबी गरेका छन्।

पार्टीभित्र वैचारिक र रणनीतिक विमतिका स्वरहरू सञ्चार भइरहेका बेला नेता राणाले राप्रपाले एउटै एजेन्डालाई मात्रै राजनीतिक दुहुनो गाई बनाएको आरोप लगाए। "हिन्दुराष्ट्र र राजा भजाएर मात्र भोट मागियो, अब राप्रपाबाट पार लाग्दैन," उनले भने।

राणाले राप्रपा केवल भावनात्मक नारामा मात्र अल्झिएको र जनताको दैनिक जनजीविका, सुशासन तथा आर्थिक समृद्धिका ठोस योजना ल्याउन चुकेको टिप्पणी गरे। नेतृत्वले पुराना र एउटै मुद्दालाई चुनावी अस्त्र मात्र बनाउँदा पार्टी रक्षात्मक अवस्थामा पुगेको उनको तर्क छ।

पछिल्लो समय राप्रपाभित्र नयाँ राजनीतिक धु्रुवीकरण र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि बढिरहेका बेला राणाको यो अभिव्यक्ति सार्वजनिक भएको हो। उनको यो भनाइले राप्रपाभित्र आसन्न राजनीतिक कार्यदिशा र नेतृत्वको विकल्पबारे नयाँ तरंग पैदा गरिदिएको छ।

सम्पर्कमा रहनुहोस्