फिफा विश्वकप २०२६: नेयमार समेट्दै कार्लो एन्सेलोटीले गरे ब्राजिलको २६ सदस्यीय टोली घोषणा

जेष्ठ ६, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ का लागि ब्राजिलले आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलियन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले विश्वकपका लागि सुपरस्टार फरवार्ड नेयमार जुनियरलाई समेट्दै टोलीको नामावली सार्वजनिक गरेका हुन् ।

क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको यस विश्वकपमा स्थान बनाएसँगै ३४ वर्षीय नेयमारले चौथो पटक विश्वकप खेल्ने निश्चित भएको छ । प्रशिक्षक एन्सेलोटीले नेयमारका साथै टोलीमा भिनिसियस जुनियर र राफिन्हा जस्ता लयमा रहेका स्टार खेलाडीहरूलाई पनि समेटेका छन् ।

नेपाल समय अनुसार सार्वजनिक गरिएको अन्तिम २६ सदस्यीय टोली यस प्रकार छ:

गोलकिपर

एलिसन (लिभरपुल)

एडर्सन (फेनरबाहचे)

वेवर्टन (ग्रेमियो)

डिफेन्डर

मार्किन्होस (पिएसजी)

ग्याब्रिएल मेगलहिस (आर्सनल)

ब्रेमर (युभेन्टस)

इबानेज (अल-अहली)

लियो परेरा (फ्लेमेन्गो)

एलेक्स सेन्ड्रो (फ्लेमेन्गो)

डेनिलो (फ्लेमेन्गो)

डगलस सेन्टोस (जेनिट)

वेस्ले (रोमा)

मिडफिल्डर

केसेमिरो (म्यानचेस्टर युनाइटेड)

ब्रुनो गुइमारेस (न्यूक्यासल युनाइटेड)

डेनिलो सेन्टोस (बोटाफोगो)

फाबिन्हो (अल-इत्तिहाद)

लुकास पाक्वुटा (फ्लेमेन्गो)

फर्वार्ड

भिनिसियस जुनियर (रियल म्याड्रिड)

नेयमार जुनियर (सान्टोस)

एन्ड्रिक (लियोन)

राफिन्हा (बार्सिलोना)

ग्याब्रिएल मार्टिनेली (आर्सनल)

मेथ्यूस कुन्हा (म्यानचेस्टर युनाइटेड)

इगोर थियागो (ब्रेन्टफोर्ड)

लुइज हेन्रिक (जेनिट)

रायन (बोर्नमाउथ)

पछिल्लो समय चोट र अन्य विवादका कारण टोलीमा पर्ने वा नपर्ने अन्योलका बीच प्रशिक्षक एन्सेलोटी र नेयमारबीच भएको सिधा कुराकानी पछि उनलाई टोलीमा समावेश गरिएको ब्राजिलियन सञ्चारमाध्यमहरूले जनाएका छन्। ब्राजिल विश्वकपको समूह 'सी' मा मोरक्को, हैटी र स्कटल्याण्डसँगै रहेको छ । २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने लक्ष्यका साथ ब्राजिल मैदान उत्रनेछ।

सम्पर्कमा रहनुहोस्