राष्ट्रपति पौडेलद्वारा तीनवटा अध्यादेश जारी

बैशाख १९, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले आज तीनवटा महत्त्वपूर्ण अध्यादेश जारी गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यी अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जारी गरिएका अध्यादेशहरू यस प्रकार छन्:

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३: यसले स्वास्थ्य क्षेत्रका शैक्षिक प्रतिष्ठानहरूको मौजुदा कानुनी व्यवस्थामा परिमार्जन गर्नेछ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३: यस अध्यादेशले सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको पदमुक्तिका प्रक्रियाबारे विशेष व्यवस्था गरेको छ।

विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३: यसले विश्वविद्यालयहरूसँग सम्बन्धित विभिन्न ऐनहरूमा संशोधन गर्ने उद्देश्य राखेको छ।

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेको महसुस गरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेशहरू प्रमाणीकरण गरिएका हुन्।

सम्पर्कमा रहनुहोस्