फिफा विश्वकप २०२६ को आधिकारिक बल “TRIONDA” सार्वजनिक

अशोज १७, २०८२

काठमाडौं – फिफा विश्वकप २०२६ को लागि आधिकारिक खेल बल सार्वजनिक भएको छ। एडिडासले तयार पारेको यस बललाई “TRIONDA” नाम दिइएको छ, जसको अर्थ स्पेनिस भाषामा “तीन छाल” भन्ने हुन्छ। यस नाम र डिजाइनमार्फत पहिलो पटक क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका मिलेर विश्वकप आयोजना गर्न लागेको ऐतिहासिक एकतालाई सम्मान गरिएको फिफाले जनाएको छ।फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक कार्यक्रममा भने, “फिफा विश्वकप २०२६ को आधिकारिक बल यहाँ आएको छ र यो साँच्चै सुन्दर छ। एडिडासले फेरि एउटा अद्वितीय बल तयार पारेको छ जसले आयोजक राष्ट्रहरूको एकता र उत्साहलाई झल्काएको छ। अब म यो बललाई गोलपोस्टमा ठोक्किएको देख्न आतुर छु।”बलको डिजाइन रातो, हरियो र नीलो रंगमा आधारित छ, जसले तीन आयोजक मुलुकलाई प्रतिविम्बित गर्दछ। नयाँ चार प्यानल संरचनामा बनेको यो बलमा “छाल” जस्तै तरंगित आकृति दिइएको छ। साथै, बलमा क्यानडाको मेपल पात, मेक्सिकोको गरुडा र अमेरिकाको तारा अंकित गरिएको छ भने सुनौला रङ्गमार्फत विश्वकप ट्रफीको गौरवलाई झल्काइएको छ।यस बलमा अत्याधुनिक प्रविधि पनि प्रयोग गरिएको छ। ५०० हर्ज मोशन सेन्सर चिप जडान गरिएको यस बलले खेलको प्रत्येक गतिबारे प्रत्यक्ष डेटा भिडियो असिस्टेन्ट रेफ्री (VAR) प्रणालीलाई पठाउनेछ, जसले विशेषगरी अफसाइडसहितका निर्णयहरूलाई अझै स्पष्ट बनाउन सहयोग गर्नेछ।फिफाले विश्वकप टिकट बिक्रीलाई सामाजिक उत्तरदायीसँग पनि जोडेको छ। प्रत्येक टिकट बिक्रीबाट एक अमेरिकी डलर “फिफा ग्लोबल सिटिजन एजुकेशन फन्ड” मा दान गरिनेछ। हालसम्म २१६ देश र भूभागका करिब ४.५ मिलियन समर्थकले भिसा प्रिसेल ड्रमा भाग लिइसकेका छन्।“TRIONDA” सार्वजनिक भएसँगै विश्वकप २०२६ को उत्साह थप चुलिएको छ। यही डिसेम्बर ५ मा वाशिङ्टन डीसीमा हुने अन्तिम ड्र मार्फत प्रतियोगिताको समूह चरण टुङ्गो लाग्नेछ।

सम्पर्कमा रहनुहोस्