पार्टी फुटको घोषणा हुन बाँकी

चैत्र १७, २०८२

✍️ रिपोर्टर: सुनील सिंह

काठमाडौँ — नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै जाँदा पूर्व सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला समूहले छुट्टाछुट्टै बैठक जारी राखेका छन्।पार्टी नेतृत्व, संगठनात्मक संरचना र आगामी रणनीतिबारे सहमति नजुटेपछि दुवै पक्षले आ–आफ्नो ढंगले छलफल अघि बढाएको बताइएको छ।काठमाडौँका विभिन्न स्थानमा भएका यी बैठकहरूमा दुवै समूहले पार्टीको वर्तमान अवस्था, आगामी महाधिवेशन तथा संसदमा पार्टीको भूमिकाबारे अलग–अलग रूपमा छलफल गरिरहेका छन्।पार्टीभित्र लामो समयदेखि देखिँदै आएको असन्तुष्टि र नेतृत्वबीचको मतभेदले नेपाली कांग्रेसभित्रको आन्तरिक तनाव थप बढाएको विश्लेषकहरूको भनाइ छ।यद्यपि हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पार्टी फुट वा विभाजनको घोषणा गरेको छैन।

सम्पर्कमा रहनुहोस्