चैत्र १३, २०८२
✍️सुनिल सिंह
काठमाडौँ — Balen Shah ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो। राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) बमोजिम उहाँलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। साथै संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि उपस्थित थिए।समारोहमा शपथ ग्रहणलाई विशेष सांस्कृतिक शैलीमा सम्पन्न गरिएको बताइएको छ। कार्यक्रममा वैदिक–सनातन परम्परा झल्किने गरी शङ्खनाद, १०८ जना वटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १०८ बौद्ध भिक्षु लामाद्वारा शुभ–मङ्गल पाठ गरिएको उल्लेख छ।यसअघि बिहीबार रास्वपा संसदीय दलले उहाँलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको थियो।