अमेरिकी राजनीति

अशोज १६, २०८२

१ अक्टोबर २०२५ मा टेनेसीको मेम्फिसमा रहेको मेम्फिस सेफ टास्क फोर्स को सञ्चालन क्षेत्रबाट होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (HSI) को बख्तरबन्द सवारी बाहिरिन्छ। त्यस दिन दिउँसो बोंडी, हेगसेथ र मिलर मेम्फिस पुगेका थिए, जहाँ उनीहरूले स्थानीय कानून कार्यान्वयन निकाय र मेम्फिस सेफ टास्क फोर्समा संलग्न विभिन्न संघीय एजेन्सीलाई सम्बोधन गरे। यो भेटघाट ट्रम्प प्रशासनको सहरमा अपराध नियन्त्रण गर्ने प्रतिज्ञासँग सम्बन्धित थियो।ट्रम्पले अपराध र आप्रवासनविरुद्धको कडा कारबाहीको नाममा लस एञ्जलस र वाशिङटनमा सैनिक पठाइसकेका छन्। उनले मेम्फिस र पोर्टल्याण्डमा पनि सैनिक परिचालनको आदेश दिएका छन्, जसलाई उनले "युद्ध क्षेत्र" भनेर वर्णन गरेका छन्। उनले अगामी लक्ष्यको रूपमा शिकागो रहने बताएका छन्।(फोटो : अस्टिन जोन्सन / एएफपी)

सम्पर्कमा रहनुहोस्