काठमाडौं उपत्यकामा हावाहुरी सँगै वर्षा..

चैत्र २, २०८२

रिपोर्ट: @सुनिल सिंह

काठमाडौं — आज दिउँसोदेखि काठमाडौं उपत्यका मा हावाहुरीसहित वर्षा भएको छ। अचानक आएको मौसम परिवर्तनसँगै उपत्यकाका विभिन्न स्थानमा तीव्र हावा चल्नुका साथै हल्का देखि मध्यम वर्षा भएको हो।मौसम परिवर्तनका कारण उपत्यकाका सडकहरू केही समयका लागि भिजेका देखिएका छन् भने कतिपय स्थानमा हावाहुरीका कारण धुलो उड्नुका साथै दैनिक जनजीवनमा सामान्य असर परेको छ।जल तथा मौसम विज्ञान विभाग का अनुसार पश्चिमी वायु प्रणाली र स्थानीय वायुमण्डलीय प्रभावका कारण देशका केही भागमा मौसम बदली भई वर्षा भएको हो। विभागले आगामी केही घण्टासम्म उपत्यकासहित आसपासका क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।हावाहुरीका कारण कतिपय स्थानमा रुखका हाँगा भाँचिने तथा सडकमा सवारी साधनको आवागमन केही प्रभावित भएको स्थानीयहरूले बताएका छन्। यद्यपि ठूलो क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।मौसमविद्हरूले मौसममा अचानक परिवर्तन हुन सक्ने भएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी हावाहुरीका समयमा खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

सम्पर्कमा रहनुहोस्