चैत्र २, २०८२
@सुनिल सिंह काठमाडौं
— नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलको मूल्य प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँ का दरले वृद्धि गरिएको हो।निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि देशभर लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।मूल्यवृद्धिसँगै पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य देशभर बढ्नेछ। यसको असर विशेषगरी यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत पर्न सक्ने अनुमान गरिएको छ।नेपाल आयल निगम ले समय–समयमा अन्तर्राष्ट्रिय बजारको अवस्था, ढुवानी खर्च तथा विनिमय दरलाई आधार मानेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। पछिल्लो मूल्यवृद्धिले उपभोक्तामाथि थप आर्थिक भार पर्ने भए पनि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय लिनुपरेको निगमले जनाएको छ।यसैबीच उपभोक्ता तथा सरोकारवालाहरूले मूल्यवृद्धिको प्रभाव कम गर्न सरकारबाट आवश्यक नीतिगत पहल हुनुपर्ने बताएका छन्।