फाल्गुन १३, २०८२
काठमाडौँ — कार्की आयोग को छानबिन प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन। राजनीतिक वृत्तमा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा मोलतोल हुँदै आएको चर्चा चुलिँदै गएको छ।स्रोतका अनुसार प्रतिवेदनमा समेटिएका संवेदनशील विषय र उच्च तहका व्यक्तिहरूको नामका कारण सरकारभित्रै सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिएको हो। यही कारण प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने विषय अझै अनिश्चित बनेको छ।नागरिक समाज र प्रतिपक्षी दलहरूले प्रतिवेदनमाथि मोलतोल गर्नु गम्भीर विषय भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले ढिलाइलाई सुशासन र पारदर्शिताविरुद्धको कदम भनेका छन्।यस विषयमा सरकार र सम्बन्धित निकायको औपचारिक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन।