दुर्गा प्रसाईँलाई चुनाव सम्पन्न गरेर मात्र जेलमुक्त गराउने रणनीति

फाल्गुन ११, २०८२

@एस. एस.महत काठमाडौं

केही नागरिक समूहहरूले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै चुनाव बहिष्कारको आह्वान गरेका छन्। उनीहरूले नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै, पक्राउ परेका मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं लाई तत्काल र निसर्त रिहा गर्नुपर्ने माग अघि सारेका छन्।नागरिक समूहहरूको दाबीअनुसार सरकार पक्षले फागुन २१ गतेको चुनाव सम्पन्न गराएपछि मात्र दुर्गा प्रसाईँलाई जेलमुक्त गराउने रणनीति अपनाएको हुन सक्ने संकेत देखिएको छ। यही कारण उनलाई लामो समयसम्म थुनामा राखिएको आशंका आन्दोलनरत पक्षले व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो कदम नागरिक अधिकार र लोकतान्त्रिक मूल्यविरुद्ध छ।उक्त समूहका अनुसार सरकार जनताको सेवक मात्र भएको र उसले संविधान तथा कानुनको पालना गर्दै शासन सञ्चालन गर्नुपर्ने दायित्व रहेको छ। उनीहरूले जनताको अधिकारमाथि दमन नगर्न चेतावनी दिँदै, राज्यसत्ताको वास्तविक स्रोत जनता नै भएको दाबी गरेका छन्।वक्तव्यमा नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। साथै, अधिकारसम्पन्न राजसंस्थाको समर्थनसमेत व्यक्त गरिएको छ। आन्दोलनकारीहरूले सरकारलाई मालिकजस्तो व्यवहार नगरी संविधान कार्यान्वयनमा सीमित रहन आग्रह गरेका छन्।

यस विषयमा सरकारका तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि, चुनाव

सम्पर्कमा रहनुहोस्