फाल्गुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि अर्को ठूलो राजनीतिक धक्का लागेको छ। पार्टीका बारा जिल्ला संगठन प्रमुख पवन चौधरी ले विविध कारण उल्लेख गर्दै पार्टी परित्याग गरेका छन्।चौधरीले संगठन सञ्चालनमा देखिएको आन्तरिक असमझदारी, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, कार्यकर्ताको योगदानको कदर नहुनु लगायतका कारणले आफू पार्टीमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका छन्। उनका अनुसार, संगठन सुदृढीकरणका लागि राखिएका सुझावहरूलाई नेतृत्व तहबाट बेवास्ता गरिनु निराशाजनक रह्यो।पार्टीले “नयाँ राजनीति” को नारा अघि सारे पनि व्यवहारमा पुरानै शैली, गुटबन्दी र केन्द्रीकृत निर्णय प्रक्रिया हाबी हुँदै गएको अनुभूति भएको चौधरीको भनाइ छ। यसले संगठनभित्र असन्तोष बढ्दै गएको संकेत गर्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
हालसम्म यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया आएको छैन। तर पछिल्लो समय विभिन्न तहका नेता–कार्यकर्ताहरूको पार्टी परित्यागले रास्वपाभित्र आन्तरिक चुनौती र संगठनात्मक संकट गहिरिँदै गएको देखिन्छ।