रवि लामिछानेको अहंकारले सीमा नाघ्यो

फाल्गुन ८, २०८२

रवि लामिछानेको अहंकारले सीमा नाघेको देखियो; उनले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको सन्दर्भमा चुनावमा आउँछु जस्ता घृणित शब्द प्रयोग गर्न थालेका छन्।राजा, राष्ट्र र राष्ट्रिय भावनामाथि लक्षित यस्ता अभिव्यक्तिले देशभक्त जनता र राष्ट्रप्रेमी समुदायमा तीव्र आक्रोश सिर्जना गरेको छ। संवैधानिक मर्यादा र राष्ट्रिय आदर नबुझी सार्वजनिक रुपमा गरिएका यस्ता अभिव्यक्तिहरूले राष्ट्रिय अस्थिरता र विवादको खतरालाई संकेत गरेको स्पष्ट छ।देशप्रेमी जनता र राष्ट्रभक्तहरूले यस प्रकारका गैरजिम्मेवार, उत्तेजक र विभाजनकारी गतिविधि अब सह्य नहुने कडा सन्देश दिइसकेका छन्। यस्ता अभिव्यक्तिहरू तुरुन्त बन्द नगरिएमा यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिले बहन गर्नुपर्ने चेतावनी दिइन्छ।

राष्ट्र, राजा र जनभावनासँग खेल्ने छुट कसैलाई छैन।

सम्पर्कमा रहनुहोस्