रमजान २०२६: युएईमा बुधबारदेखि पवित्र महिना सुरु हुने

फाल्गुन ५, २०८२

अबुधाबी — संयुक्त अरब इमिरेट्स (युएई) मा रमजान १४४७ हिजरी बुधबारदेखि सुरु हुने भएको छ। मंगलबार अबुधाबीस्थित Qasr Al Hosn मा बसेको चन्द्रदर्शन समितिको बैठकले नयाँ चन्द्रमा देखिएको पुष्टि गरेपछि रमजानको औपचारिक घोषणा गरिएको हो।यसअघि Saudi Arabia ले पनि नयाँ चन्द्रमा देखिएको जनाउँदै बुधबारदेखि रमजान सुरु हुने निर्णय गरेको थियो। साउदी अरबको घोषणापछि युएईको निर्णय आएको हो।रमजान सुरु भएको अवसरमा युएईका राष्ट्रपति Sheikh Mohamed bin Zayed Al Nahyan तथा अन्य नेताहरूलाई अरब र इस्लामिक राष्ट्रका नेताहरूले शुभकामना सन्देश पठाएका छन्।इस्लामिक (हिजरी) पात्रो चन्द्रमाको अवस्थाअनुसार निर्धारण हुने भएकाले प्रत्येक महिना २९ वा ३० दिनको हुन्छ। इस्लामिक वर्ष औसतमा ३५४ देखि ३५५ दिनको हुने गर्दछ।युएईमा रमजानको सुरुआत हरेक वर्ष राष्ट्रिय चन्द्रदर्शन समितिले निर्णय गर्ने परम्परा छ। देशभर विभिन्न स्थानमा चन्द्रदर्शनको प्रयास गरिए पनि सबै ठाउँमा चन्द्रमा देखिन नसक्ने हुँदा अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने गर्दछ।राष्ट्रिय चन्द्रदर्शन समिति, एमिरेट्स फतवा काउन्सिलका अध्यक्ष Sheikh Abdullah bin Sheikh Mahfouz bin Bayyah को अध्यक्षतामा बसेको थियो। समितिले देशभरबाट प्राप्त प्रतिवेदनहरू संकलन गरी अबुधाबी न्यायिक विभागमा अन्तिम निर्णय गरेको जनाएको छ।

रमजान के हो?

रमजान इस्लामिक (हिजरी) चन्द्र पात्रोको नवौँ महिना हो। इस्लामिक विश्वासअनुसार यही महिनामा पवित्र कुरान पैगम्बर Prophet Mohammed लाई अवतरण भएको मानिन्छ। यस महिनामा मुसलमानहरूले सूर्योदयदेखि सूर्यास्तसम्म रोजा (उपवास) बस्ने गर्दछन्।खानपानबाट मात्र नभई गलत कर्म र व्यवहारबाट पनि टाढा रहने, नमाज, दुआ र कुरान पाठमा बढी ध्यान दिने समयका रूपमा रमजानलाई लिइन्छ। रमजानका अन्तिम १० दिनलाई विशेष पवित्र मानिन्छ, जसमा ‘लैलतुल कदर’ पर्ने विश्वास छ।लैलतुल कदर परम्परागत रूपमा रमजानको २७औँ रातमा पर्ने मानिए पनि यसको यकिन मिति निश्चित छैन। यस रातमा गरिने उपासना र सत्कर्मको फल हजार महिनाको उपासनाभन्दा बढी हुने धार्मिक विश्वास छ।

सम्पर्कमा रहनुहोस्