पूर्वी युरोपेली मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तारको प्रस्ताव

फाल्गुन ४, २०८२

काठमाडौँ — नेपाली श्रमिकका लागि राम्रो आयआर्जनको अवसर र मानव अधिकारमैत्री कार्य वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती मुलुकहरूलाई औपचारिक प्रस्ताव पठाएको छ।मन्त्रालयका अनुसार श्रमिकको सुरक्षा, पारिश्रमिक, सामाजिक सुरक्षा तथा कानुनी संरक्षण सुनिश्चित हुने मुलुकहरूसँग श्रम सम्झौता प्राथमिकतामा राखिएको छ। यसअघि रोमानियासँग भने केही वर्षअघि नै द्विपक्षीय श्रम सम्झौता सम्पन्न भइसकेको छ।सरकारले श्रम सम्झौता विस्तारमार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्पर्कमा रहनुहोस्