अमेरिकी हिन्द–प्रशान्त क्षेत्रका कमान्डर सामुएल पापारो तीनदिने भ्रमणका लागि काठमाडौंमा

फाल्गुन ४, २०८२

काठमाडौँ — अमेरिकी सेनाको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका कमान्डर सामुएल पापारो तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी अमेरिकी एयरफोर्सको चार्टर विमानमार्फत १३ सदस्यीय टोलीसहित हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका हुन्।नेपाली सेनाका अनुसार यो भ्रमण नियमित सैन्य कूटनीतिक भ्रमणको हिस्सा हो। नेपाल बसाइका क्रममा पापारोले राष्ट्रपति, प्रधानमन्त्री तथा प्रधानसेनापतिसहित उच्च सरकारी र सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।भ्रमणका क्रममा उनले काभ्रे जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र को समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ। उक्त केन्द्र नेपाली सेनाको शान्ति स्थापना तालिमका लागि महत्वपूर्ण मानिन्छ।यो भ्रमणलाई नेपाल–अमेरिका सैन्य सहकार्य, तालिम आदान–प्रदान तथा क्षेत्रीय सुरक्षा संवादसँग जोडेर हेरिएको छ। यद्यपि, हालैका घटनाक्रमका कारण विदेशी सैन्य गतिविधिप्रति सार्वजनिक चासो बढिरहेको सन्दर्भमा पापारोको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्पर्कमा रहनुहोस्