‘नयाँ शक्ति’ भित्र ठगीको छाया: रास्वपा उम्मेदवार नरेन्द्र साहमाथि ५ करोड ठगीको आरोप
समय सूत्र @
फाल्गुन २, २०८२
काठमाडौँ । राजनीतिमा ‘सुशासन र नैतिकता’ को नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गम्भीर नैतिक संकट देखिएको छ। रास्वपाका उम्मेदवार नरेन्द्र साहमाथि क्यासिनो सञ्चालनका क्रममा ५ करोड रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेपछि पार्टीको "स्वच्छ छवि" माथि प्रश्न चिह्न खडा भएको हो।
के हो घटना ?
प्राप्त जानकारी अनुसार, साह आबद्ध रहेको क्यासिनोले विभिन्न व्यक्ति तथा व्यावसायिक साझेदारहरूलाई झुक्याएर ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना गरेको उजुरी परेको छ। पीडितहरूका अनुसार, साहले आफ्नो राजनीतिक पहुँच र पदको धाक देखाउँदै रकम फिर्ता गर्न अस्विकार गर्दै आएका छन्।
रास्वपाको 'दोहोरो चरित्र' उदाङ्ग
पुराना दलहरूलाई भ्रष्टाचारको आरोप लगाउँदै आएको रास्वपाले आफ्नै उम्मेदवारको यस्तो गम्भीर आर्थिक अपराधमा मौनता साध्नुले पार्टीको नियतमाथि शंका उब्जाएको छ।
* नैतिकता कहाँ हरायो? अरुलाई नैतिकता सिकाउने रवि लामिछानेका 'हस्तारक्षर' उम्मेदवार नै ठगीमा मुछिनुले रास्वपा पनि 'पुरानै बोतलमा नयाँ रक्सी' मात्र भएको पुष्टि हुन्छ।
* अपराधीलाई संरक्षण: ठगीको आरोप लाग्दा समेत पार्टीले साहलाई कारबाही गर्नुको साटो बचाउ गर्न खोज्नुले रास्वपाभित्र अपराधी र बिचौलियाहरूको पकड बलियो रहेको संकेत गर्छ।
* पीडितको विचल्ली: क्यासिनो जस्तो संवेदनशील व्यवसायमा ठगी गरेर सर्वसाधारणको उठीबास लगाउने व्यक्ति कसरी जनताको प्रतिनिधि हुन सक्छ?
जनताको प्रश्न: घण्टीभित्र कति फोहोर छ?
काण्डै काण्डको भारी बोकेका व्यक्तिहरूलाई टिकट दिएर संसद् पठाउन खोज्नुले रास्वपाले जनतालाई धोका दिएको स्पष्ट देखिन्छ। सुशासनको गफ दिने तर पर्दा पछाडि करोडौँको ठगी गर्ने उम्मेदवारलाई पार्टीले तत्काल निष्कासन गर्नुपर्ने माग उठ्न थालेको छ।
यदि रास्वपाले साहमाथि कडा कारबाही गर्दैन भने, यो बुझ्नुपर्छ कि 'घण्टी' केवल ठगी र भ्रष्टाचार लुकाउने नयाँ ओत मात्र बनेको छ।