श्रीलङ्कामा पूर्व सांसद अमराकिर्थी अथुकोरालाको हत्या प्रकरणः १२ जनालाई मृत्युदण्ड

माघ २९, २०८२

काठमाडौँ — श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा १२ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले बुधबार लामो सुनुवाइपछि उक्त फैसला गरेको हो।यस मुद्दामा कुल ४२ जनाविरुद्ध अभियोग दर्ता गरिएको थियो। मृत्युदण्डको सजायसँगै अदालतले ४ जनालाई ६ महिनाको कैद सजाय सुनाएको छ भने २३ जनालाई सफाइ दिएको छ।सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षाकर्मीको हत्या सन् २०२२ मे महिनामा देशभर फैलिएको अशान्तिको समयमा भएको थियो। घटनाका क्रममा भएको गोली प्रहारबाट दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए।रिपोर्टअनुसार, गोली चलेको स्थान नजिकैको एक भवनभित्र सोही दिन सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षाकर्मी हत्या गरिएको अवस्थामा फेला परेका थिए। उक्त घटनाले त्यस समय श्रीलङ्कामा चर्किएको राजनीतिक र सामाजिक संकटलाई अझ गहिरो बनाएको थियो।

सम्पर्कमा रहनुहोस्