राजा र सनातन धर्मको नाममा दोहोरो चरित्र ? ‘नयाँ’ विचारधाराप्रति राष्ट्रवादीहरूको कडा प्रश्न

माघ २६, २०८२

काठमाडौं — राजा र सनातन धर्मको समर्थनको कुरा गर्दै आएका केही समूह तथा व्यक्तिहरूले एकातर्फ राजसंस्था र सनातन धर्म चाहिएको दाबी गर्ने, तर अर्कातर्फ खुलेआम राजसंस्था–विरोधी र सनातन धर्मप्रति नकारात्मक धारणा राख्ने ‘नयाँ’ राजनीतिक शक्तिको समर्थनमा सक्रिय देखिन थालेपछि राष्ट्रवादी वृत्तमा गम्भीर प्रश्न उठेको छ।राष्ट्रवादी पक्षका अनुसार ‘नयाँ’ भनिने राजनीतिक धारणा कट्टर रूपमा सनातन धर्मविरोधी, राजसंस्थाविरोधी तथा विदेशी प्रभावमा आधारित रहेको कुरा सार्वजनिक रूपमै प्रस्ट भइसकेको छ। यस्ता तथ्य हुँदाहुँदै पनि सामाजिक सञ्जालमा स्टाटस लेख्ने, भेला आयोजना गर्ने र घरदैलो अभियानसम्ममा सहभागी हुनु वैचारिक अस्थिरता र दोहोरो चरित्रको उदाहरण भएको उनीहरूको भनाइ छ।“राजा र सनातन धर्म चाहिन्छ भन्ने अनि त्यही मूल्य र मान्यताविरुद्ध उभिएको शक्तिको समर्थन गर्नु सुसंगत हुन सक्दैन,” राष्ट्रवादी समूहको ठहर छ। उनीहरूले आन्तरिक राजनीतिमा आफ्नो मुख्य वैचारिक विरोधी ‘नयाँ’ धारणा नै भएको स्पष्ट गर्दै राष्ट्र, धर्म र राजसंस्थाप्रति निष्ठावान सबैलाई विचार मिल्ने शक्तिलाई मात्र समर्थन गर्न आह्वान गरेका छन्।राष्ट्रवादी पक्षले यो विषय कुनै व्यक्ति वा दलविरोधी नभई सिद्धान्त, पहिचान र राष्ट्रिय अस्तित्वको सवाल भएको जिकिर गरेको छ।अन्त्यमा उनीहरूले देश, धर्म र राष्ट्रिय एकताको कामना गर्दै धार्मिक तथा राष्ट्रवादी नारासमेत व्यक्त गरेका छन्।

श्री पशुपतिनाथले सबैको कल्याण गरून्।
जय देश, जय नरेश।
जय नेपाल।
जय गोरखनाथ।
जय राष्ट्रवाद।

सम्पर्कमा रहनुहोस्