डिल्लीराम खनालको विष्फोटक खुलासा: “सरकारमै छन् असली हत्यारा, घण्टी बजाउनेहरू देशद्रोही!”

माघ २४, २०८२

काठमाडौँ । सामाजिक अभियन्ता तथा विश्लेषक डिल्लीराम खनालले नेपाली राजनीतिमा ठूलो हलचल पैदा गर्ने गरी गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत बलिउडको 'सस्पेन्स थ्रिलर' फिल्म 'गुप्त' सँग तुलना गर्दै उनले अहिलेका चर्चित नेताहरू र सरकारमा रहेका पात्रहरू नै वास्तविक अपराधी भएको दाबी गरेका हुन्। "काजोल जस्तै निस्कनेछन् असली हत्यारा" खनालले सन् १९९७ को चर्चित फिल्म 'गुप्त' को उदाहरण दिँदै भनेका छन् कि जसरी फिल्मको अन्त्यमा सबैले सोचेभन्दा फरक पात्र (काजोल) हत्यारा निस्किएकी थिइन्, नेपालको राजनीतिमा पनि त्यस्तै हुनेवाला छ। उनले भदौ २३ र २४ गतेको घटना (जसमा धेरैले केपी ओलीलाई शंका गर्छन्) लाई जोड्दै अहिलेका 'सफेदपोस' नेताहरू नै असली अपराधी भएको संकेत गरेका छन्। खनालका तीन घातक प्रहार: १. सरकार र 'घण्टी' माथि औँला: खनालले सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न 'घण्टी' तर्फ लक्षित गर्दै उनीहरूले मुलुकभर 'जात्रा' देखाइरहेको र वास्तविक हत्याराहरू तिनै समूह र सरकारभित्र लुकेर बसेको आरोप लगाएका छन्। २. झापा क्षेत्र नं. ५ को चर्चा: उनले 'प्रमुख हत्यारो' झापाको क्षेत्र नम्बर ५ मा खटिएको भन्दै विशिष्ट व्यक्तिहरूतिर आफ्नो आशंकाको सुई सोझ्याएका छन्, जसले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। ३. सर्वस्व गुम्ने चेतावनी: नेपाली जनतालाई कडा चेतावनी दिँदै उनले लेखेका छन्— "यस्ता हत्यारा र देशद्रोहीहरूलाई समयमै चिन्न सकिएन भने नेपाली जनताले सर्वस्व गुमाउन तयार भएर बसे हुन्छ।" राजनीतिक वृत्तमा हलचल खनालको यो पोस्टले विशेषगरी नयाँ राजनीतिक शक्ति र सत्तापक्षका समर्थकहरूमाझ ठूलो आक्रोश र बहस सिर्जना गरेको छ। उनले कुनै व्यक्तिको नाम नतोके पनि 'घण्टी' र 'सरकार' शब्दको प्रयोग गरेर सिधै प्रणालीमाथि नै धावा बोलेका छन्।

सम्पर्कमा रहनुहोस्