“श्री ५ अधिराजकुमारी कृतिका राज्यलक्ष्मी देबी शाह” बाट देशबासीलाई अनुरोध
आदरणिय सम्पुण,
पछिल्लो राजनितिक घटनाक्रम बुझ्दै जादा कतै नया नया भन्दै गर्दा देश नै नरहने होकी भन्ने पिर लाग्न थाल्यो । २००३ देखिको क्रान्ती भए तर राष्ट्रीय सम्पति जलाईएको थिएन । बिगतमा आन्दोलन हुदा अन्तराष्ट्रीय नियम अनुसार राजनितिक दलले आन्दोलन गरेका थिए । नेपालमा गएको २३/२४ गतेको जुन घटनाक्रम देखियो त्यो अहिले आएर पोल खुल्दै गएको महसुस भएको छ । २३/२४ गतेको जुन विध्वम्स सुनियोजित विदेशी शक्तिमार्फत भएको अनुमान गरियो ।
यसैले नेता राजेन्द्र लिङ्देलले बुझे जस्तै देश खतरामा रहेको बुझाई हाम्रो पनि अनुमान भएको छ । निर्वाचन लोकतान्त्रिक मुल्यमान्यता हो सम्भव भए चुनाव अगाडीनै राजसस्था पुनरमिलन हुन आवस्यक छ यदि यो हुन नसकेको खन्डमा जुन नया पार्टि र नया नेता भनेर खडा गरिएको छ उनिहरुबाट हामी देश नै नरहने हो कि भन्ने चिन्तामा छौ ।
अत: प्रीय देशबासी जनता फेरी एक ढिक्का भएर अगाडी बढ्न पर्ने अवस्था आएको छ । पुरानो भन्दा नया काचो हुल जस्था देखिए उनिहरुको हातमा देश गए नेपाल नै नरहने हो कि भन्ने अनुमान छ ।
सम्पुर्ण राष्ट्रीयता प्रेमी, राष्ट्रबादी, सनातनबादी, हिन्दु अधिराज्यबादी, पृथिबिपथबादी, सबै गोलबद्द हुन जरुरी देखियो । ।यो बेला पुराना जुन हाम्रो बिचारसग मिल्ने छन सबै गोलबद्द हुन जरुरी छ र नया जन्मेका पार्टि र ब्यक्तिबाट देश जोगाउन आवस्यक छ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन