जनताका प्रश्नबाट भागे रास्वपा उम्मेदवार, ‘नयाँ राजनीति’को नारा खोक्रो सावित

माघ २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित सार्वजनिक अन्तर्क्रिया कार्यक्रममा स्थानीय जनताले उठाएका सामान्य र जायज प्रश्नहरूको समेत सामना गर्न नसकेपछि कार्यक्रम नै छाडेर निस्किएको आरोप लागेको छ। घटनाले रास्वपाको तयारी, क्षमता र ‘नयाँ राजनीति’को दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ।स्थानीय स्रोतहरूका अनुसार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय समस्यासम्बन्धी प्रश्नहरू उठेपछि उम्मेदवार निरुत्तर देखिएका थिए। स्पष्ट नीति र कार्ययोजना प्रस्तुत गर्न नसकेपछि वातावरण असहज बनेको र अन्ततः उम्मेदवार कार्यक्रम बीचमै छाडेर बाहिरिएको बताइएको छ। स्थानीयवासीहरूले यसलाई जिम्मेवारीबाट भाग्ने प्रवृत्तिको उदाहरणका रूपमा टिप्पणी गरेका छन्।“जनतासँग प्रश्न सुन्ने साहससमेत नभएका उम्मेदवारले देश चलाउने सपना देखाउनु हास्यास्पद हो,” एक स्थानीय सहभागीले आक्रोश व्यक्त गरे।
उनका अनुसार जनताले गाली होइन, जवाफ मात्र खोजेका थिए।घटनापछि पनि रास्वपाका तर्फबाट चुनाव जित्ने दाबी दोहोरिँदै आएको छ। तर स्थानीय तहमा भने यस्ता दाबीलाई वास्तविकतासँग टाढा रहेको आत्मप्रचार मात्र भएको प्रतिक्रिया आउन थालेको छ। जनताको आलोचना सहन नसक्ने, असहज प्रश्न आएपछि भाग्ने प्रवृत्तिलाई ‘नयाँ’ होइन, पुरानै असफल राजनीतिक संस्कारको निरन्तरता भएको टिप्पणी भइरहेको छ।राजनीतिक विश्लेषकहरू भन्छन्, जनतासँग प्रत्यक्ष संवाद गर्न नसक्नु कुनै सानो कमजोरी होइन, यो नेतृत्वको अयोग्यताको संकेत हो। “यदि चुनाव जित्नुअघि नै जनताको प्रश्न असह्य लाग्छ भने जितेपछि जवाफदेही कसरी हुन्छ?” विश्लेषकहरूको प्रश्न छ।

यस घटनाबारे रास्वपाको आधिकारिक प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै धारणा सार्वजनिक भएको छैन।

सम्पर्कमा रहनुहोस्