दक्षिणपश्चिम पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते
समय सूत्र @
अशोज १४, २०८२
दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरीएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले बताउनु भएको छ ।आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार विहान ११ः३० बजेको आशपासमा भएको उहाँको भनाई छ । आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतङ्ककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।आक्रमण पछि सुरक्षा बलको जवाबी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ ।क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उदृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएकोे छ ।विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उहाँले बताउनु भएको छ ।
घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउदै उहाँले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गर्नु भएको छ ।स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उदृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालिन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको छ ।अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतङ्ककारीहरूलाई कानुन बमोजिम कार्वाहि गरिने बताउनु भएको छ ।
इस्लामावाद, १४असोज (रासस/सिन्ह्वा)