डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर

माघ १४, २०८२

डोल्पा — डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–२ स्थित काइगाउँमा हिमपात भएपछि स्थानीयवासीले चौपायालाई न्यानोस्थलतर्फ सार्न थालेका छन्। मङ्गलबार रातिदेखि तल्लो डोल्पाका केही भाग तथा माथिल्लो डोल्पामा निरन्तर भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।हिमपातका कारण अत्यधिक चिसो बढेको छ भने आवतजावत, पशुपालन र दैनिक कामकाजमा समस्या देखिएको स्थानीयवासीले बताएका छन्। विशेषगरी उच्च हिमाली क्षेत्रका बस्तीहरूमा सडक, गोठ र चरन क्षेत्र हिउँले ढाकिँदा चौपाया जोगाउन चुनौती बढेको छ।स्थानीय प्रशासनले मौसमको अवस्था मध्यनजर गर्दै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।

तस्बिरः लेखबहादुर बुढा/रासस

सम्पर्कमा रहनुहोस्