माघ १०, २०८२
@सुनिल सिंह पर्सा
नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अजय चौरसीयाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहमाथि विवादास्पद आरोप लगाएका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै चौरसीयाले बालेन शाह मधेसी समुदायको प्रतिनिधि नभएको दाबी गर्दै उनको व्यक्तिगत आचरणबारे आपत्तिजनक टिप्पणी गरेका हुन्।चौरसीयाको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा आलोचना र प्रतिक्रिया सुरु भएको छ। यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।राजनीतिक विश्लेषकहरूले चुनावी माहोलमा यस्ता व्यक्तिगत आरोप–प्रत्यारोपले राजनीतिक बहसलाई नकारात्मक दिशातर्फ लैजान सक्ने बताएका छन्।