माघ १०, २०८२
कीभ, युक्रेन रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै गरेको पछिल्लो आक्रमणपछि राजधानी कीभमा व्यापक विद्युत् अवरोध भएको छ। मंगलबार भएको मिसाइल तथा ड्रोन आक्रमणका कारण बहु–तले आवासीय भवनहरू अन्धकारमा डुबेका छन्।विद्युत् आपूर्ति बन्द भएपछि लिफ्ट सेवा ठप्प भएको छ, जसका कारण सर्वसाधारण नागरिकहरू सिँढी प्रयोग गर्न बाध्य भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणले विद्युत् ग्रिडमा गम्भीर क्षति पुर्याएको छ।आपतकालीन टोलीहरू विद्युत् पुनःस्थापनामा खटिएका छन् भने नागरिकलाई विद्युत् खपत न्यून गर्न आग्रह गरिएको छ। जाडो मौसमको बीचमा भएको यस आक्रमणले जनजीवन थप कष्टकर बनेको छ।रुस–युक्रेन युद्ध जारी रहँदा ऊर्जा संरचना पटक–पटक आक्रमणको निशानामा पर्दै आएको छ।
(एपी फोटो/ डान बाशाकोभ)