बालेन शाहको व्यवहार कुकुरसँग समान

माघ १०, २०८२

@सुनिल सिंह धनुषा–

नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर–४ मा प्रचारक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहप्रति विवादास्पद टिप्पणी गरेका छन्। उनले बालेन शाहको चाल र व्यवहार कुकुरसँग समान रहेको अभिव्यक्ति दिएका छन्।महासेठले यस टिप्पणीमार्फत आफ्नो पार्टीका नेता महेश बस्नेतको पक्षमा समर्थन जनाउँदै रास्वपा नेतृत्वको आलोचना गरेका छन्। उनका ती शब्दपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएको छ।रास्वपाका नेताहरूले अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन्। राजनीतिक विश्लेषकहरूले पनि यस्तो टिप्पणीले चुनावी वातावरणमा तनाव पैदा गर्न सक्ने बताएका छन्।

सम्पर्कमा रहनुहोस्