दमकमा उम्मेदवारी दर्ताका क्रममा भीड नियन्त्रणमा तनाव, बालेन शाह र व्यवस्थापन टोलीबीच असहज स्थिति

माघ ७, २०८२

चिरन्जिबी पाण्डे दमक, झापा —

हिजो दमकमा उम्मेदवारी दर्ता गर्न जाने क्रममा काठमाडौं महानगरपालिकाका मेयर तथा स्वतन्त्र उम्मेदवार बालेन शाहको कार्यक्रम केही समयका लागि तनावग्रस्त बनेको छ।उम्मेदवारी दर्ताका लागि जाँदा बालेन शाहसँग २५ जनाभन्दा बढी समर्थक तथा सहयोगीहरूको भीड रहेको थियो। निर्वाचन नियमावलीअनुसार उम्मेदवारी दर्ता गर्दा सीमित संख्यामा मात्र व्यक्ति उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै सम्बन्धित निकायले शंका व्यक्त गरेपछि, अत्यधिक भीडका कारण उम्मेदवारी नै खारेज हुन सक्ने अवस्था आएको बताइएको छ।सो परिस्थितिपछि बालेन शाहले आफूलाई पछ्याउँदै आएका व्यक्तिहरूलाई विनम्र अनुरोध गर्दै “पछि नआउनुहोस्” भनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तर अनुरोधको बाबजुद केही व्यक्ति पछि नहटेपछि अवस्था थप असहज बनेको थियो।यस क्रममा बालेन शाह आफ्नै व्यवस्थापन टोली (मेनेजमेन्ट टिम) प्रति असन्तुष्टि व्यक्त गर्दै रिसाएको देखिएको र भीड व्यवस्थापनका क्रममा पछाडितर्फ धक्का दिएको दृश्य देखिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। घटनामा कसैलाई गम्भीर चोटपटक लागेको भने जानकारी प्राप्त भएको छैन।घटनापछि स्थिति नियन्त्रणमा आएपछि बालेन शाहले निर्धारित प्रक्रिया अनुसार उम्मेदवारी दर्ता सम्पन्न गरेको जनाइएको छ। यस विषयमा बालेन शाह वा उनको टोलीबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

राजनीतिक विश्लेषकहरूले चुनावी प्रक्रियामा नियमको पालना र भीड व्यवस्थापन अत्यन्त संवेदनशील विषय भएकाले सबै उम्मेदवार तथा समर्थकले संयमता अपनाउनुपर्ने बताएका छन्।

सम्पर्कमा रहनुहोस्