माघ ५, २०८२
– सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेपछि अब नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेकी छन्। राजनीतिक स्रोतहरूका अनुसार उनले छिट्टै औपचारिक रूपमा कांग्रेस प्रवेश गर्ने बताइएको छ।रास्वपाभित्र पछिल्लो समय देखिएको आन्तरिक असहमति र राजनीतिक दिशालाई लिएर असन्तुष्टि बढ्दै गएपछि उनले पार्टी परित्याग गरेको बुझिएको छ। सुमना श्रेष्ठ केही समयदेखि पार्टी गतिविधिमा निष्क्रिय देखिएकी थिइन्।उनको कांग्रेस प्रवेशलाई वर्तमान राजनीतिक समीकरण र शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। कांग्रेस नेतृत्वले पनि उनको प्रवेशलाई सकारात्मक रूपमा लिएको स्रोतहरूको दाबी छ।यस विषयमा सुमना श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।